नेपाल आइडल सिजन तीन विजेता सज्जा चौलागाईं

everest kitchen


काठमाडौं । आज शुक्रबार तेस्रो नेपाल आइडलको ग्रान्ड फिनालेबाट नेपाल आइडल सिजन तीनको विजेता सज्जा चौलागाईं भएकी छिन् ।

विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा भएको हो । हजारौं प्रतिस्पर्धीबाट चयन भएर प्रतिस्पर्धाको उत्कृष्ट ३ मा पुगेका मध्येबाट नेपाल आइडल ३ को बिजेता सज्जा चौलागाई, दोस्रो प्रबिन बेडवाल, तेस्रो किरण कुमार भुजेल रहेका छन् ।

banner ad
advertise
Add
advertise

एपी वान एचडीबाट प्रसारण हुँदै आएको यो रियालिटी सो कोरोना प्रकोपसंगै केही समय रोकिएको थियो । पहिले जस्तो तामझाम नभएपनि आयोजकले शुक्रबार स्टोडियोबाटै एक कार्यक्रम गर्दै विजेता सार्वजनिक गरेकाे हो । कार्यक्रममा सीमित मानिस र दर्शकको उपस्थितिमा नेपाल आइडल–३ को विजेता घोषणा गरिएको प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए ।

नेपाल आईडल भित्रकै सदस्यलाई कोरोना संक्रमण देखिए पछि बिजेता घोषणा कार्यक्रम अन पुर्ण मिडिया नेटवर्कका अध्यक्ष ले घोषणा गरेका हुन ।

विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन् ।

यसअघिका पहिलो सिजनमा बुद्ध लामा र दोस्रो सिजनमा रवि ओडले यो उपाधि चुमिसकेका छन् ।