यमलाल कँडेलको फेरि मुख्यमन्त्री बन्ने हुटहुटी

everest kitchen

आनन्द पुन

शसांसद तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेशका सह–इन्चार्जसमेत रहेका यामलाल कँडेललाई यतिबेला फेरि एक पटक मुख्यमन्त्री बन्ने हुटहुटी जागेको छ । त्यसका लागि उनले आजकल फेसबुक अभियान चलाइरहेका छन् । र, कर्णाली प्रदेश सरकार परिवर्तनको हल्लालाई मिडियाबाजी गरिरहेछन् ।

यही भदौ १ गते एक राष्ट्रिय टेलिभिजनसँगको अन्र्तवार्तामा “कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने साथीले नैतिकताका आधारमा पदबाट राजीनामा दिने समय ढिला भैसक्यो ।” अभिव्यक्ति दिएर कँडेलले कर्णाली प्रदेश सरकारविरुद्ध अभिव्यक्ति दिए । संयोगवस त्यहीबेला सत्तारुढ नेकपाले पार्टीभित्रको विवाद अन्त्य गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।

banner ad
advertise
Add
advertise

अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको प्रतिवेदनको बुंदा नम्बर २.३ मा “समस्या समाधानका लागि सार्थक प्रयास भइरहेको यस बिशेष परिस्थितिमा अध्यक्षद्वय, सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी लगायत सबै तहका कमरेडहरुले आपसमा अविश्वास र अन्तरबिरोध सिर्जना गर्ने तथा पार्टीको एकता प्रक्रियामा प्रतिकुल प्रभाव पार्ने प्रकृतिका निर्णय, क्रियाकलाप वा अभिव्यक्ति नगर्ने” भन्ने उल्लेख छ ।

तर कर्णाली प्रदेशमा सांसद कँडेलले आफ्नै पार्टीको सरकारबिरुद्ध फेसबुके अभियान चलाउँदै मिडियाबाजी गरेर विवादको सुरुवात गरिरहेका छन् । यस्तो कार्यलाई पार्टीमा अराजक भनिन्छ । तत्कालीन चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओले अराजक नेता कार्यकर्ताबारे भनेका छन्– ‘आफूले सोचेजस्तो र भने जस्तो भएन भने अराजक नेता कार्यकर्ताहरु आक्रोशित हुन्छन््, कुण्ठा पोख्छन्, मनोगततामा लिप्त हुन्छन्, उनीहरुमा सत्तालालसाको हुटहुटी हुन्छ, आफ्नो बारेमा चर्चा परिचर्चा होस् भन्ने मोह हुन्छ र ‘प्रोपोगन्डा’ चलाउनु उनीहरुको विशेषता हो । पार्टी नीति विपरीत अस्तव्यस्तता निर्माण गर्नु पनि उनीहरुको धर्म नै हो ।’

 

फेसबुके मुख्यमन्त्री अभियान र मिडियाबाजीले उनी अराजक हुन् वा होइनन् यो भनिरहनु परेन । उनले गरेको गतिबिधि नेकपा कार्यदलले तयार पारेको प्रतिवेदनको नीति विपरीत पक्कै छ । आफू समर्थक कार्यकर्ताहरुलाई फेसबुकमा स्टाटस लेख्न लगाउनु पनि पार्टी नीति विपरीत नै हो । उनी समर्थक कार्यकर्ताले अबको केही दिनमै कर्णाली प्रदेश सरकार परिवर्तन हुने पक्का, यामलाल कँडेल मुख्यमन्त्री हुने पक्का, सुर्खेतले रोजेको, कर्णालीले खोजेको यामलाल जस्ता स्टाटस लेख्दै फेसबुके मुख्यमन्त्री अभियान चलाईरहनु पनि पार्टी नीति विपरीत नै हो ।

 

त कँडेल बिरोधी पक्षधरले सामाजिक सञ्जालमा लेखेर उनको बिरोध गर्नु पनि पार्टी नीति विपरीत नै हो । तर यसको सुरुवात कँडेल आफैंले गरेका हुन् । त्यसर्थ यो कँडेलकै गल्तिको प्रतिसोधमा उनका बिरोधीले गरेका सामान्य त्रुटी मात्र हो भन्न सकिन्छ । फेसबुकमा मुख्यमन्त्री हुने हल्ला चलाएर मुख्यमन्त्री हुने भए प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध भीम आचार्य, प्रदेश ३ का डोरमणी पौडेलविरुद्ध अष्टलक्ष्मी शाक्य, प्रदेश ५ का शंकर पोखरेल विरुद्ध कुलप्रसाद केसी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्ध प्रकाश शाहले यस्तै अभियान चलाउने थिए । उनीहरुले पार्टी केन्द्रको सहमतिलाई आत्मसाथ गर्दै दृढतापूर्वक पार्टी एकतामा जोड् दिइरहेछन् र यस्ता अभियान त्यहाँ शुन्य प्रायः छन् । तर कर्णालीमा कँडेलले मुख्यमन्त्री बन्न विभिन्न समयमा विभिन्न फण्डा मच्चाउँदै हिटलरको संचारमन्त्री ‘गोयबल्स’को सिको गर्न छोडिरहेका छैनन् । उनी किन पटक–पटक यस्तो गरिरहन्छन् भन्ने प्रश्नको उत्तरमा एकजना कर्णाली प्रदेश सभाका सांसद भन्छन्– ‘उनी आफू मुख्यमन्त्री हुन नपाएकोमा के गरौं र कसो गरौं भन्ने अवस्थामा पुगेर छट्पटाई रहेका छन् । यो उनको व्यक्तिवादी चरित्रको अभिव्यक्ति हो ।’

कँडेलले आफू नै मुख्यमन्त्री हुनुपर्छ भन्दै मच्चाएका ५ फण्डा

सांसद कँडेलले आफू नै कर्णाली प्रदेशको मुख्यमन्त्री हुनुपर्ने दाबी गर्दै ढाई बर्षको अवधिमा विभिन्न ५ फण्डा मच्चाए ।

उनको पहिलो फण्डा हो, पार्टी केन्द्रको सहमति अस्वीकार । २०७४ सालको मंसिरमा भएको आम निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्ने गरि चुनावी तालमेल गरे । कँडेल मुख्यमन्त्रीकै लागि प्रदेश सभामा चुनाव लडे । चुनावी तालमेल नहुँदा उनी जित्थे वा हार्थे त्यो फरक कुरा हो । तर, चुनावी तालमेलले कर्णाली लगायत मुलुकभर वामगठबन्धनको दुइतिहाई बहुमत आयो ।

२०७५ जेठ ३ गते दुई कम्युनिष्ट पार्टीबीच एकता भयो । पार्टीका शीर्ष नेताहरुले सहमति गरेर संघीय र प्रदेश सरकारको नेतृत्व बाँडफाँड गरे । पार्टी शिर्ष नेताहरुको सहमति अनुसार कर्णाली प्रदेश तत्कालीन माओवादी केन्द्रलाई दिने निर्णय गर्दा कँडेलले मुख्यमन्त्रीको दाबी सहजै छोडेनन् । सरकार गठनका लागि प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने अन्तिम दिनसम्म पनि कँडेल आफू नै मुख्यमन्त्री हुनुपर्छ भन्ने अडानमा रहे  । तर केन्द्रीय नेतृत्वको निर्देशनपछि कँडेल पछाडी हटे र उनकै प्रस्तावमा २०७४ फागुन ३ गते महेन्द्र बहादुर शाहीको नेतृत्वमा सरकार गठन भयो । यो कँडेलको पहिलो फण्डा थियो ।

दोस्रो फण्डा हो मुख्यमन्त्रीलाई संसदीय दलको नेता बन्न नदिने । चुनावपछि  कर्णाली प्रदेशमा पूर्व माओवादी केन्द्रबाट संसदीय दलको नेता शाही बने भने पूर्व एमालेमा कँडेल । तर, पछि पार्टी एकता भयो । सहमति अनुसार शाही संसदीय दलको नेता सहजै हुनुपर्नेमा कँडेलले संसदीय दलको नेता बन्नबाट मुख्यमन्त्री शाहीलाई अवरोध गरिरहे । आफू संसदीय दलको नेता बन्न उनले अन्तिमसम्म प्रयास गरे । पार्टी एकता भएको ७ महिनासम्म कर्णालीमा संसदीय दलको नेता चयन हुनै दिएनन् ।

मुख्यमन्त्री नै संसदीय दलको नेता बन्ने केन्द्रको निर्देशनपछि कँडेलले २०७५ पुस २ गते शाही दलको नेता चुनिए । त्यसपछि कँडेलको दोस्रो फण्डा हावामा बिलायो ।

उनको तेस्रो फण्डा हो अविश्वासको प्रस्ताव । कँडेलले आफू मुख्यमन्त्री हुन नपाएको झोंकमा २०७६ कात्तिकको अन्त्यतिर आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने धम्की दिए । उनले यस्तो धम्की दिनुको पछाडी भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीलाई पदमुक्त प्रमुख कारण थियो । नक्कली बैंक ग्यारेन्टीपत्र बनाएको अभियोग लागेपछि मुख्यमन्त्री शाहीले २०७६ साउन ३१ गते खत्रीलाई पदमुक्त गरेर ३ महिनासम्म पनि अर्को मन्त्री नबनाएपछि अविश्वास प्रस्ताव ल्याउने धम्की दिए । यो उनको आक्रोशको परिणाम थियो । तर, यो धम्की एक राष्ट्रिय दैनिक पत्रिकाले सार्बजनिक गरेपछि उनी संकटमा परे र सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै पछि हट्न बाध्य भए ।  सांसदको हस्ताक्षर संकलन गरेर कर्णाली प्रदेश सरकार परिवर्तन गर्ने कँडेलको चांैथो फण्डा थियो ।

यो फण्डा कार्यान्वयन गर्ने जिम्मेवारी उनले एक जना समर्थक कार्यकर्तालाई दिएका थिए । कँडेलले यो फण्डा गत फागुनको अन्त्यतिर गरे । उनको यो फण्डा जब संचारमाध्यममा सार्बजनिक भयो । तब उनी रुन्चे अनुहार लिएर संचारकर्मीसामु प्रकट भए  र कँडेल पत्रकार सम्मेलन गर्न बाध्य भए । त्यसपछि उनको मुख्यमन्त्री बन्ने सपना त्यतिबेलाका लागि तुहियो ।

रस्तै फण्डाहरुकै सिलसिलामा कँडेलले चलाएको अर्को पाचांै फण्डा हो आज–भोलीकै फेसबुके मुख्यमन्त्री अभियान र मिडियाबाजी । यो अभियानले कँडेलको फेसबुक र  मिडियामा मुख्यमन्त्री बन्ने रहर त पुरा भएको छ तर कर्णालीकै मुख्यमन्त्री बन्ने सपना पुरा हुने हो वा होइन ? त्यो भने केही समय हेर्न बाँकी छ । उनका समर्थक र शुभचिन्तकले मनका लड्डु घ्यूसँग नखाऊन् यत्ति कामना गरौं ।

कँडेल मुख्यमन्त्री हुनै सक्दैनन् त ?

कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्री हुनु हुँदैन वा हुनै सक्दैनन् भन्ने होइन । अझ उनी कर्णाली प्रदेशसभाको सबैभन्दा वरिष्ठ सांसद हुन् । उनी मुख्यमन्त्री हुने भनेरै संघीय प्रतिनिधि सभाको उम्मेद्वार छोडेर प्रदेश सभा सांसद भएका हुन् । उनी कर्णाली प्रदेशमा नेकपाका शिर्ष नेताहरुको तेस्रो सूचीमै पर्दछन् ।

पार्टीका शिर्ष नेताहरुबीच कँडेललाई कर्णालीको मुख्यमन्त्री बनाउने सहमति भए दुनियाँको कुनै पनि तागतले रोक्न सक्ने छैन । तर यसका लागि शिर्ष नेताहरु उनलाई मुख्यमन्त्री बनाउन सहमत हुनुपर्नेछ । अन्यथा उनले फेसबुके अभियान र मिडियाबाजी गर्दै फण्डा मच्चाएर मुख्यमन्त्री बन्ने सपना देखेका हुन् भने त्यो उनकै लागि ‘आकाशको फल आँखा तरी मर’ हुनेछ र अभियान चलाउनुको कुनै तुक हुने छैन ।

कर्णालीप्रदेशमा मुख्यमन्त्री परिवर्तनको संभावना कति ?

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तन हुने संभावना न्यून छ । संभावना नभएकै कारण कँडेलले जनदबाब सिर्जना गरेर भएपनि कर्णालीको जनसुमदायले आफूलाई मुख्यमन्त्री देख्न चाहेको भन्ने माहौल सिर्जना गरेर शिर्ष नेतालाई दबाब दिन चाहेका हुन् ।

उनको चाहाना अनुसार नै समर्थक कार्यकर्ताले फेसबुक र मिडियाबाजी गरेको सहजै बुझ्न सकिन्छ । पार्टी केन्द्रको विवाद हल गर्न पूर्व एमालेले पाएका चार प्रदेश मध्ये दुईवटा प्रदेशमा वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुलाई मुख्यमन्त्री दिने सहमति भने पक्कै हुनेछ । त्यसका लागि प्रदेश १ मा भीम आचार्य र प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुनसक्ने बढी संभावना छ ।

उनीहरु दुबै जना माधव नेपाल पक्षधर नेताहरु हुन् । नेकपाका एक प्रभावशाली नेताका अनुसार अन्य प्रदेश सरकार परिवर्तनको हल्ला, हल्लामै सीमित हुने छ । परिवर्तन खबरबाट

(लेखक नेकपाका प्रदेश स्तरका नेता हुन् ।)