धारिलो छुरा प्रहार गरी हत्या गरेर फरार रहेका राई पक्राउ

everest kitchen


सुनसरी । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-१४ बस्ने ठम्मरे पारुहाङ भन्ने २१ वर्षीय ससिम राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

२०७६ असार १० गते राति धरान उपमहानगरपालिका-३ आइतबारेस्थित सडकमा सोही उपमहानगरपालिका-१४ पिण्डेश्वरी चोक बस्ने १९ वर्षीय रंजित तामाङलाई धारिलो हतियार छुरा प्रहार गरी फरार रहेका राईलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले आफ्नै घरगाउँमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

banner ad
advertise
Add
advertise

राईलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत सुनसरीमा बुझाइएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।