कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

everest kitchen

दार्चुला । मालिकार्जुन गाउँपालिका-८ तस्कोट बस्ने ३७ वर्षीय लाल बहादुर चन्दलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मालिकार्जुन गाउँपालिका-८ तस्कोट बस्ने २० वर्षीय शम्शेर धानुक र सोही ठाउँ बस्ने ३५ वर्षीय अजब चन्द रहेका छन् ।

banner ad
advertise
Add
advertise

मादक पदार्थ सेवन गरी उनीहरुले लाल बहादुरलाई कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल हुँदै प्रादेशीक अस्पताल धनगढीमा थप उपचारको क्रममा लाल बहादुरको मृत्यु भएको थियो ।

यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।