हिरासतमा मृत्यु भएका बिजय राम प्रकरणको छानबिन सुरु, डीएसपी महतो जिल्ला तानिए

everest kitchen
डीएसपी  ज्ञानकुमार महतो

सुरेन्द्र महतो
रौतहट । रौतहटको गरुडा नगरपालिका ८ जिगंडवाका २० वर्षीय निरन्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा प्रहरीले विजयलाई साउन ३२ गते पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका रहेको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको छ ।

१९ वर्षीय विजय शरीर भरी निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् । गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई निलम्बन गरेर घटनाको छानविन गर्नुपर्ने उनीहरुको माग थियो ।

banner ad
advertise
Add
advertise

हिरासत प्रकरणको वपास्तविक तथ्य आम नागरिकमा बाहिर ल्याउन इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोगेन्द्र निरौलाको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको छ । समितिमा प्रदेश प्रहरीको तर्फबाट प्रहरी निरिक्षक र रौतहट राष्टियअनुसंधान प्रमुख सदस्य रहने गरि सो समिति गठन गरिएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतो पनि हिरासत प्रकरणमा दोषी रहेको र महत्तोलाई निलम्बन सम्मको कारवाही हुनु पर्ने चारैतिर माग हुन थालेपछि महत्तो जिल्ला प्रहरी कार्यालय गौर तानिएका छन।

गरुडाका निरञ्जन रामको घाटी रेटी हत्या भएपछि हिरासतमा रहेका ७ मध्ये विजय रामको हिरासतमा रहदा नै मृत्यु भएपछि गरुडा तनावग्रस्थ अबस्थामा रहेको छ । विभिन्न धार्मिक संघसंस्थादेखि जनप्रतिनिधिहरुले समेत प्रहरीकमाथी प्रश्न उठाइरहेका छन । सुरक्षाको प्रत्याभुति दिने सुरक्षा निकायको निगरानीमा रहदा समेत रामको कुटाइबाटै मृत्यु भएको भन्दै आम नागरिकहरुले सडक आन्दोलन समेत गर्दै आएका छन । यस घटनाको वास्तविक दोषीलाई तत्काल नियन्त्रणमा लिनु पर्ने स्थानियको माग रहेको छ ।