छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । सुनसरी, ईनरुवा नगरपालिका-९ बबियास्थित सडकमा को.१ ब २११५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार बिजय कुमार मण्डलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

banner ad
advertise
Add
advertise

महोत्तरी, बर्दिबास नगरपालिका-१ भोलाबसन्त चोकस्थित सडकमा आरजे ०२ जिबि ३३४७ नम्बरको लरी गाडी ब्याक गर्ने क्रममा अचानक ब्रेक फेल भई रोकी राखेको ना.३ स २३६१ नम्बरको अटोलाई शनिबार बिहान ठक्कर दिँदा अटो चालक सोही ठाउँ बस्ने ४० वर्षीय टेकनारायण श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लरी गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।