मलेसियाको अस्पतालमा अलपत्र अशक्त लिम्बू जनद्धार केन्द्रकाे पहलमा नेपाल फर्किए

everest kitchen


पेनाङ्ग, मलेशिया । मलेशियामा विरामी भई अशक्त भएका नन्द कुमार लिम्बुलाइ पेनाङ्गस्थित नेपालीहरुलाई सहयोग गर्ने जनउद्धार केन्द्र नामक संस्थाल उद्धार गरी नेपाल पठाउँन सफल भएको छ ।

अगष्ट ३० तारिखको हिमालयन एयरलाईन्सको जहाजमा नन्द लिम्बु घर पठाएको जन उद्धार केन्द्रका अध्यक्ष, केशु थापाले हिमालटाईम्सलाई जानकारी दिएका छन् ‌।

नन्द कुमारलाई घर पुर्याउन मुख्य भुमिका खेलेका जन उद्धारका अध्यक्ष, केशु थापा भन्छन्, “उहाँलाई घर फर्काउँने काम धेरै कोणबाट चुनौतीपुर्ण थियो । प्रवेशाज्ञा र कामदार भिसा पनि नहुँदा, हस्पीटलमा उपचार खर्च पनि व्यहोर्न असमर्थ भएको अवस्थामा जन उद्दारमा सहयोगको लागि अनुरोध आयो । उक्त अवस्थामा उहस्पीटलको उच्च अधिकारीहरुसंग पटक पटक भेटेर आग्रह गरी जम्मा मलेशियन रिङ्गगेट ९२१७ (करिब नेपाली रुपैया दुई लाख अन्ठाउन्न हजार) मिनाह गर्न सकियो ।”

Add
advertise
banner ad
advertise

अध्यागमनमा पनि को विरामीको उपस्थीतीविना सबै कामकाज मिलाउन धेरै प्रयास गर्नु परेको कुरा उद्धार लागि व्यत्तिगत रुपमा आफै खट्टिएका थापाले हिमालटाईम्सलाई वताए ।

उनका अनुसार, अध्यागमन विभाग, हस्पीटल र राजदूतावास चरणवद्ध रुपमा धाएँर लागि परे पछि मात्र यो कार्य सफल भयो । यो कार्यमा नन्दका साथी मोहन सुब्वाले पनि सहयोग राशी उठाएँर सहयोग गर्नु भयो, जुन अध्यागमनको जरीवाना तिर्नमा खर्च गर्न सकियो ।

विरामीलाई नेपाल जाने जहाजमा चढाउँन पेनाङ्गबाट क्वालालुम्पुर सम्म आफै गएका थापा, नन्द घर फर्कन पाएकोमा खुसि लागेको र यस कार्यलाई सफल बनाउन सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहेको बताए ।

क्वालालुम्पुर स्थित नेपाली राजदुतावासले पनि नन्द कुमार लिम्बुको यात्रा अनुमति पत्र निशुल्क उपलब्ध गराई सहयोग गरेको थियो ।

नन्द एक्लै घर जाने अवस्थामा नभएकोले उनीसंग एकजन सहयोगी जानुपर्ने अवस्था भएकोले बिरामीका साथी मोहन सुब्बाको संगै नेपाल गएको र उनको हवाई भाँडाको लागि जापानदेखि ‘घुम्टे युवा परीवार जापान’ शाखाको बाग्लुङ्ग गल्कोट बासीले सहयोग उपलब्ध गराईदिएको जानकारी थापाले दिए ।

एक महिना अगाडि अचानक वेहोस् भएको अवस्थामा नन्दलाई त्यँहाको सरकारी अस्पतालमा साथिहरुले लगेका थिए । उनको दाहिने मष्तिष्कमा ट्यूमर रहेको र त्यसले मष्तिष्कलाई दख्खल दिएको समस्या देखिएपछि शल्यक्रिया गरीएको कुरा उपचारमा संलग्न अस्पतालमा कार्यरत डांक्टर चिउले हिमालटाइम्सलाई पछिल्लो भेटमा बताएका थिए ।

४५ बर्षिय लिम्बुको घरमा श्रीमती, १ छोरा र १ छोरी रहेको बुझिएको छ भने नन्द लिम्बु अहिले नेपाल फर्कि आइसोलेसनमा रहेको र उनको श्रीमतीसंग सम्पर्कमा रहेको जानकारि प्राप्त भएको छ ।