उपत्यकामा २ सय ९८ संक्रमित थपिए, ललितपुर र‌ भक्तपुरमा पनि संक्रमित बढे

everest kitchen


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका भित्र २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै १९० जना संक्रमित थपिएका छन्।

banner ad
advertise
Add
advertise

गौतमका अनुसार काठमाडौंमा १९० संक्रमित भेटिँदा ललितपुरमा ६७ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा पनि ४१ जना नयाँ संक्रमित थपिएका छन्। यो हिजो अस्तिको तुलनामा बढी हो।