नेपालका लागि पूर्व बेलायती राजदूत मोरिसको करिब चार महिनापछि शब भेटियो

everest kitchen


ऐजेन्सी । बेलायती प्रहरीले मे ६ देखि हराइरहेका नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको शव फेला पारेको छ।

मे ६ मा मर्निङ वाकमा निस्केका मोरिस त्यसयता बेपत्ता भएका थिए।प्रहरीले उनको शव घर नजिकै ह्याम्पशायरको जंगलमा फेला पारेको बिबिसीले जनाएको छ।

banner ad
advertise
Add
advertise

बिबिसीका अनुसार शवको औपचारिक पहिचान हुन बाँकी छ। शवका बारेमा उनका परिवारलाई खबर गरिएको छ।

यसअघि इष्ट ह्याम्पसायर प्रहरी कार्यलयले तीन पटकसम्म सर्वसाधारणका लागि खोजीकार्यमा सहयोग गर्न अपिल जारी गरेको थियो । अन्तिमपटक जारी अपिलसँगै रिचार्ड मोरिसको नयाँ तस्वीर सार्वजनिक गरेको छ, जुन तस्वीर नेपालमा खिचिएको थियो ।

उनका तीन सन्तान र एक श्रीमती छन् । मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूत थिए।

बेपत्ता हुनुअघि उनलाई फिजीको राजदूत नियूक्त गरिएको थियो। परराष्ट्र कार्यालयले पछिल्लोपटक निकालेको विज्ञप्तिमा मोरिस निकै महत्वपूर्ण व्यक्तित्व रहेको र फराकिलो सम्बन्ध राख्न सक्ने व्यक्तिका रूपमा परिचित रहेको बताएको थियो ।