चन्दा असुली गर्ने दुईजना सल्यनमा पक्राउ

everest kitchen


सल्यान । बागचौर नगरपालिका-३ बाट अवैध रुपमा चन्दा असुली गरेको अभियोगमा २ जनालाई चन्दाबाट संकलित नगद १५ हजार रुपैयाँ र रा.४ प ६९३८ नम्बरको मोटरसाइकल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सारदा नगरपालिका-१४ मालनेटा बस्ने २२ वर्षीय प्रकाश गिरी र बागचौर नगरपालिका-३ सोतागार बस्ने १७ वर्षीय किशोर रहेका छन् ।

Add
advertise
banner ad
advertise

कुमाख गाउँपालिका-६ मौलाहालेस्थित त्रिरत्न मेडिकलमा चन्दा असुली गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।