कोरोना संक्रमित पूर्वन्यायाधीश चालिसको निधन

everest kitchen


काठमाडौं । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको बुधबार बिहान मृत्यु भएको हो।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी ७० वर्षीय चालिसे पाँच दिनअघि काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

Add
advertise
banner ad
advertise

चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए ।