रौतहट हिरासत मृत्यु प्रकरण : यातना दिइएको पाइएपछि तीन प्रहरी कर्मचारी निलम्बन

everest kitchen

 

इलाका प्रहरी कार्यालय गरुडा

रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृत्यु भएका अभियुक्तलाई हिरासतमा यातना दिएको पाइएपछि तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।

प्रारम्भिक छानविनका क्रममा मृत्यु भएका अभियुक्त विजय महरालाई यातना दिएको पाइएपछि रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मिया निलम्बनमा परेका हुन् ।

banner ad
advertise
Add
advertise

घटना सम्बन्धमा गृह मन्त्रालयको निर्देशनमा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोगेन्द्र निरौलाको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको छ । समितिमा प्रदेश प्रहरीको तर्फबाट प्रहरी निरिक्षक र रौतहट राष्टियअनुसंधान प्रमुख सदस्य रहने गरि सो समिति गठन गरि अनुसन्धान थालिएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतो पनि हिरासत प्रकरणमा दोषी रहेको र महत्तोलाई निलम्बन सम्मको कारवाही हुनु पर्ने चारैतिर माग हुन थालेपछि महत्तो जिल्ला प्रहरी कार्यालय गौर तानिएर अनुसन्धान थालिएको थियो।

रौतहटको गरुडा नगरपालिका ८ जिगंडवाका २० वर्षीय निरन्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा प्रहरीले विजयलाई साउन ३२ गते पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका उनको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको थियो ।

१९ वर्षीय विजयको शरीर भरी निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् । गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई निलम्बन गरेर घटनाको छानविन गर्नुपर्ने उनीहरुको माग थियो ।

गरुडाका निरञ्जन रामको घाटी रेटी हत्या भएपछि हिरासतमा रहेका ७ मध्ये विजयको हिरासतमा रहदा यातना पछि उपचारको क्रममा मृत्यु भएको थियो ।