दार्चुलाका पाहिरो पिडित जोशीकाे परिवारलाई मलेसियाबाट आर्थिक सहयोग

everest kitchen

समीर मल्ल
काठमाडौ । दार्चुला जिल्लाको दुहु गाउपालिका वडा न. ३ सल्लेखेतिका पहीरो पीडित परिवरलाई सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाका सल्लाहकार जनक बमको पहलमा जम्मा भएको ३६ हजार ७०० रुपैयाँ आर्थिक सहयोग पठाएको छ।

गत साउन १३ गते बिहान ५ बजे घरको माथिबाट आएको पहिरो बाट एकै परिवारका ४ जना सदस्य मध्ये ५० वर्षिय रामदत्त जोशी र ४५ वर्षिय इन्द्रा जोशीको मृत्यु भएको थियो ।

banner ad
advertise
Add
advertise

बमको पहलमा मलेसिया स्थीत समाजका सदस्य भित्रबाट उठेको उक्त रकम समाजका कोषअध्यक्ष कैलाश बोहराले समाजका सल्लाहकार समेत रहेका अभियान्ता जनक बम ठकुरी मार्फत पीडित जोशीको परिवारलाई रकम हस्तान्तरण गरियको समाजका माहासचिब डम्बर बिस्वकर्माले जानकारि दिए ।

समाजका प्रथम उपाध्यक्ष बिरेन्द्र धानुकका अनुसार उक्त रकम सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया मलक्का क्षेत्रिय समितिबाट ५ हजार २०० रूपैयाँ र बाकी रकम केन्द्रिय कार्यसमितिले सङकलन गरेको हों ।

यस्तै सुदूरपश्चिमेलिहरुको संयुक्त आभियान सुदूरपश्चिमेलि आपतकालीन राहत कोष मार्फत बझाङ, अछाम,कैलाली,र दार्चुलाका बढी पहिरो पीडितलाई यसअघि रासन बितरण गरिसकेको आगामी दिनमा पनि निरनतरता दिने समाजका मलेसिया शाखा अध्यक्ष तथा सुदूरपश्चिमेलि आपतकालीन राहात कोषका सदस्य तुलाराम धामिले बताए ।