कतारमा श्रमिकको तलब बढयो, आप्रवासी कामदारले रोजगारदाता फेर्न पाउने

everest kitchen


काठमाडौँ । करिब चार लाख नेपाली कामदार रहेको कतारले अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल (३२ हजार रुपैयाँ) तोकेको छ ।

कतारी अमिर शेख तमिम विन हमाद अल्थानीले आइतबार आप्रवासी श्रमिकबीच भेदभाव नरहने गरी न्यूनतम तलब निर्धारण गर्ने तथा रोजगारदाता परिवर्तन गर्न पाउने कानुन स्वीकृत गरेका हुन् ।

Add
advertise
banner ad
advertise

उक्त कानुन कतारको राजपत्रमा प्रकाशन भएको ६ महिनामा कार्यान्वयनमा आउने छ भने यो कानुन निजी क्षेत्रमा कार्यरत र घरेलु श्रमिकका हकमा लागू हुनेछ । यो कानुन अनुसार कतारमा आप्रवासी श्रमिकहरुको न्यूनतम तलब एक हजार हुनेछ भने आवश्यक परे श्रमिकले रोजगारदाता फेर्न पनि पाइने भएका छन् ।

नयाँ नियम अनुसार निर्धारण गरिएको तलब १ हजार हुनेछ भने त्यसबाहेक आवास र खाना रोजगारदाताले श्रमिकलाई उपलब्ध गराउनु पर्नेछ । यदि रोजगादाताले खाना र आवास उपलब्ध नगराए खानाको ३ सय र आवासको ५ सय रियल उपलब्ध गराउनु पर्नेछ । यो नियम लागू भएपछी खाडी र मलेसियाकाे भन्दा धेरै तलब सुबिधा कतारमा हुनेछ ।

रोजगारदातासँग श्रम विवाद भए श्रमिकले कतार छोड्नु पर्दैन । नयाँ रोजगारदाता खोजी गरी काम गर्न पाइने छ । बाध्यकारी रूपमा एउटै रोजगारदातासँग आबद्ध भइराख्नुपर्दैन । दुई वर्षभन्दा कम काम गरेको भए एक महिना र दुई वर्षभन्दा बढी काम गरेको भए दुई महिनाअघि रोजगारदातालाई कम्पनी छाड्ने सक्नेबारे लिखित सूचना भने दिनुपर्नेछ ।

यसअघि कतार आफैंले न्यूनतम तलब निर्धारण गरेको थिएन । रोजगारदाता र श्रमिकबीच भएका करारपत्रलाई कार्यान्वयन गर्न नियमनकारी भूमिका मात्रै सरकारको थियो । पछिल्लोपटक भने नेपाल सरकारले एकतर्फी रूपमा कतार जाने अदक्ष श्रमिकको न्यूनतम तलब ९ सय रियाल र खानाबापत ३ सय रियाल निर्धारण गरी कार्यान्वयनमा ल्याएको थियो । उक्त निर्णय अनुसार कतारी रोजगारदाताले नेपाली श्रमिक स्वीकारेका थिए ।