विनरेक्स ७२ बोत्तल र नाइट्राभेट ट्याब्लेट १०५ पिससहित कार्की पक्राउ

everest kitchen

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । उदयपुर कटारी नगरपालिका-६ बस्ने ३८ वर्षीय जीबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट लागु औषध विनरेक्स ७२ बोत्तल र नाइट्राभेट ट्याब्लेट १०५ पिस फेला परेको प्रहरीले जनाएको छ ।वीरगञ्ज-१३ राधेमाई टोल बस्दै आएका कार्कीलाई सोमबार दिउँसो पौने चार बजे डेराबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Add
advertise
banner ad
advertise

जित बहादुर कार्कीले लागु औषध कारोबार गर्दै आइरहेको छ, भन्ने विशेष सूचनाको अधारमा निजको कोठा खानतलासी गर्दा निम्नानुसार लागु औषध बरामद गरी मानिस समेत पक्राउ गरी यस का.मा ल्याई उक्त लागु औषध सम्बन्धमा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।