मलेसियाबाट फर्किएका १३५ यात्रुमा पीसीआर नगरेका यात्रु मिसीएपछि सबैजना होटल क्वारेन्टाइनमा

everest kitchen

काठमाण्डौ । मालिन्डो एयरलाईन्सको उडान मार्फत मलेसियाबाट नेपाल फर्किएका १३५ यात्रु काठमाण्डौमा होटल क्वारेन्टाइनमा बस्नु परेको छ ।

मलेसियाबाट सेप्टेम्बर २ तारीख मालिन्डो एयरलाईन्स बाट काठमाडौ ओर्लेका यात्रुमध्ये २ पीसिआर रिपोर्ट नभएका र १३ जना पीसिआर रिपोर्ट ७२ घण्टा नाघेको यात्रु मिसिए सँगै १३५ जना यात्रु होटल क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने भएको हो ।

banner ad
advertise
Add
advertise

एयरलाईन्स को लापरबाहीले यात्रु मिसिएको भन्दै यात्रुहरुले होटल क्वारेन्टाइनको खर्च एयरलाईन्सले नै व्यहोर्न पर्ने माग राखेर विरोध गरेका थिए । विरोधपछि नेपाली सेना,होटल ब्याबसाय संघ र एयर लाईन्स बीच छलफल भएको थियो ।

छलफल मा एयरलाईन्सले नै होटल क्वारेन्टाइनको खर्च बेहोर्ने टुंगो लागे पछि होल्डिङ सेन्टर बाट होटल क्वारेन्टाइन को लागि कलंकी स्थित मकालु पम्प नजिक रहेको हिमालयन होटल मा राखिएको हो ।