रौतहटमा हनुमान मन्दिरका पुजारीको हत्या गर्ने दुईजना पक्राउ

everest kitchen

काठमाडौं । रौतहटमा एक हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या गर्ने अपराधमा संलग्न दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

देवाही गोनाही नगरपालीका १ करुनियाका ३६ वर्षीय राम नरेशराउत पटेल र २८ वर्षीय बालकुमार पटेललाई प्रदेश २ प्रहरी कार्यालय जनकपुरले बुधबार सार्वजनिक गरेको हो ।

banner ad
advertise
Add
advertise

रौतहटको बौधीमाई नगरपालिका ७ स्थित बंकुल एरियाबाट बुधबार बिहान पक्राउ परेका उनीहरूमध्ये रामनरेशले कटुवा पेस्तोल प्रयोग गरी हत्या गरेको स्वीकार गरेको बताइएको छ । राम नरेशराउत का बुबाले पुजारीबाट लिएको सापटी रकमको विवादको कारण हत्या गरेको प्राम्भिक अनुसन्धान बाट खुलेको बताएको छ ।

गत भदौ ३ गते बुधवार राति सबा ९ बजेको समयमा जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको कन्चटमा गोली हानी हत्या गरिएको थियो ।

हत्याका कारणहरु

 राम नरेश पटेलको बुवाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने क्रममा विवाद भएको ।
 मृतक पुजारीको मन्दिर नजिक ३ वटा रक्सी पसल रहेको र रक्सी सेवन पश्चात मन्दिरको धारामा आई खुट्टा धुने, पानी खाने र घटना हुनु भन्दा ३ दिन अघि राम नरेश पटेल र पुजारी बिच बिवाद भएको ।
 गाउँमा विभिन्न विषयहरुमा छलफल हुँदा मृतक पुजारीले फरक मत राख्ने क्रममा पुजारी र राम नरेश पटेल लगायत अन्य सँग धेरै पल्ट वादविवाद भएको ।
 यस घटनामा संलग्न अन्य फरार रहेको अपराधिको खोजी भई रहेको । पक्राउ परेको अभियुक्तहरुलाई सम्मानित जिल्ला अदालत गौर बाट १० दिनको म्याद थप भई अनुसन्धान शुरु गरिए