दीर्घकालीन योजना निर्माण गरी लाग्न सरुवा भएका प्रनाउहरुलाई महानिरीक्षक थापाको निर्देशन

everest kitchen


काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने, कोरोना संक्रमण नियन्त्रण व्यवस्थापन, फरार अपराधीहरुको खोजी, सिमा क्षेत्रमा राजश्व चुहावट रोक्ने र सवारी दुर्घटना न्यूनिकरण गर्ने लगायतका प्रहरी कार्यमा दीर्घकालीन योजना निर्माण गरी लागू गर्नुपर्ने बताएका छन् ।

हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव उपरीक्षकहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा निर्देशन दिदैं प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन ।

Add
advertise
banner ad
advertise

प्रहरी अधिकृतहरु सरुवा भएको स्थानमा उच्च मनोबलका साथ उत्सुक भएर जानुपर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘सरुवा भई जाने ठाउँमा अभिभावकको हैसियतले पूर्ण निष्ठावान भई आ-आफ्नो कर्तव्य निर्वाह गरेमा असल र नेतृत्वदायी भूमिका ठहर्छ ।’ हिरासतमा भएका व्यक्तिहरुमाथि प्रहरीले गर्ने व्यवहार एवं हिरासत कक्षको व्यवस्थापनलाई विशेष ख्याल गर्नुपर्ने उनले उल्लेख गरे ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अपराधजन्य गतिविधिमा शून्य सहनशीलता हुनुपर्ने उल्लेख गर्दै अन्य सुरक्षा निकाय, स्थानीय निकाय र कानुन कार्यान्वयन गर्ने अन्य निकायहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिए । सरुवा भई जाने अधिकृतहरुलाई कानुनी रुपमा कठोरता र व्यवहारमा विनम्रता प्रस्तुत गर्दै आन्तरिक गुनासोको व्यवस्थापन, निष्पक्षता, चेन अफ कमान्ड र कोरोना संक्रमण नियन्त्रणको लागि आ-आफ्नो दृष्टिकोण अनुसार पुलिसिङ गर्नुपर्ने उनले बताएका थिए ।

त्यस्तै कोरोना संक्रमित प्रहरीको हौसलाका लागि अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदै,
“कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी संक्रमणले धेरै प्रहरी कर्मचारी पनि संक्रमित भई अस्पताल र क्वारेन्टिनमा बस्नुपरेको अवस्थामा सीमित प्रहरी जनशक्ति, साधन स्रोतको व्यवस्थापन र उचित परिचालन गरी खटी जाने स्थानहरुमा यस रोग रोकथाम र नियन्त्रण गर्न प्रहरी अधिकृतहरु सक्रिय रुपमा लाग्न थापाले निर्देशन दिएको बताएको छ ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरू लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।