ढोरपाटन पहिरो : ८ जनाको शव फेला

everest kitchen


बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिकामा गएराति गएको पहिरोमा बेपत्ता भएकामध्ये ८ जनाको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीका अनुसार बाढीले ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ देखि ९ सम्ममा क्षति पुर्याएको छ। पहिरोमा परि बेपत्ता हुनेको सङ्ख्या ३६ पुगेको छ ।

त्यस्तै ८ जनाको शव फेला परेको छ भने शवको सनाखत हुन सकेको छैन । शव ६ जना पुरूष र दुई जना महिलाका हुन्।

बेपत्ताहरुमध्ये केहिको पहिचान खुलेको बताएको छ । जसामध्ये ढोरपाट नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन् ।

त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया नै दिलमाया घर्तीमगर र उनको छोराका ६ वर्षीय बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

प्रहरी भखरै घटनास्थलमा पुगेको र बेपत्ताहरुको खोजी भैरहेकाले सङ्ख्या बढ्न सक्ने भण्डारीले बताए । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थल पुग्दै छ ।