घाटी हत्या गरिएको अवस्थामा मृत फेला

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । झापा, शिवशताक्षी नगरपालिका-११ सताक्षी धाम जाने बाटोमा सोही नगरपालिका मैनाचुली टोल बस्ने २८ वर्षीय गोमन सिंह मगर घाँटीमा धारिलो हतियार प्रहार गरी मारेको अवस्थामा बुधबार फेला परेका छन् ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले हत्यामा संलग्न फरारहरूको खोजि गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Add
advertise
banner ad
advertise

त्यस्तै दाङको राप्ती गाउँपालिका-२ कटाहाघाटस्थित राप्ती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।