मलेसियाबाट नेपाल आउन चार गुना हवाई भाडा तिर्नुपर्ने भएपछि एनआरएनको ध्यानाकर्षण

everest kitchen


काठमाडौं । मलेसियाबाट स्वदेश फर्कनका लागि हवाइ भाडादर महँगो भएको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए ) मलेसियाले नि:शुल्क उद्धारको माग गरेको छ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा मलेसियामा रहेका कामदार र कामबिहिन कामदारलाई स्वदेश फर्कन आर्थिक भार थपिएको र कामबिहिन अलपत्र झन अलपत्र पर्ने भन्दै सरकारको विशेष ध्यानाकर्षण जनाएको हो।

Add
advertise

नियमित उडानले चार्टर उडान भन्दा पनि सस्तो पर्ने आंकलन गरिएकोमा त्यस्को पनि दोब्बर महङ्गो भाडादर भएको श्रमिकको गुनासो रहेको छ ।

लकडाउन अघि नियमित उडानमा करिब ७ सय रिङगेटको सेरोफेरोमा हवाई भाडादर भएपनि चार्टर उडानको लागि सरकारले १५ सय ९० रिङगेट भाडादर तोकेकोमा अहिले खुला गरिएको नियमित उडानमा २ हजार देखि २५ सय रिङ्गेट सम्म श्रमिकले हवाई भाडा तिर्नुपर्ने बाध्यता भएको गुनासो रहेको छ ।