गुल्मीमाा एक महिला मृत अवस्थामा फेला

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । गुल्मीमा एक ४० वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । अन्दाजी ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी हुन ।

गुल्मीको मुसिकोट नगरपालिका-५ झक्कलेस्थित बडिगाड खोलाको बिचमा ती महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । हाल उनको नाम, थर, वतन खुलेको छैन ।

यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ जनाएको छ ।