कर्फ्युकै बीचक्षमापूजा, निषेधाज्ञाको पालना गर्दै रथ तानिने

everest kitchen


काठमाडौं । जिल्ला प्रशासन ललितपुरले ललितपुर र चक्रपथ एरियामा कर्फ्यु जारी गरेको छ । आजका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र बिहान १० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको हो।

कर्फ्युपछि निशेधाज्ञा कडा रुपमा लागु गरिने प्रशासनले जनाएको छ । कोरोनाको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी बेला हिजो रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको थियो।

banner ad
advertise
Add
advertiseo

त्यस्तै निशेधाज्ञा तोड्दै रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच भएको झडपपछि बिहीबार बसेको जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको बैठकले रथयात्रा कसरी सम्पन्न गर्ने भनी निर्णय गरेको छ।

बैठकले एक प्रेस विज्ञप्ति जारी गरि सम्बन्धित सबै सरोकारवालाको सहमतिमा रातो मच्छिन्द्रनाथ जात्राका सबै विधि हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने निर्णय भएको उल्लेख गरेको छ।

जसअनुसार भदौ १९ गते शुक्रबार क्षमापूजा गरिनेछ।
भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छ्वयलाबु विधि गरिनेछ। त्यसको भोलिपल्ट भदौ २२ गते भुज्या मनाइनेछ र साइत हेरिनेछ।