वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न मन्त्रिपरिषद बैठक बस्दै

everest kitchen
Photo:file

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो ।

यससँगै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा विदा हुनेछन् । उनको यो अन्तिम मन्त्रिपरिषद् बैठक हुनेछ