प्रेस ज्याकेट लगाएर प्रहरीमाथि ढुङ्गा हान्ने युवक पक्राउ

everest kitchen


काठमाडौं । बिहीबार पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा प्रेस ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा प्रहार गर्ने युवा पक्राउ परेका छन् ।

झडपको क्रममा प्रेस लेखेको ज्याकेट लगाएर हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनिश महर्जनलाई शुक्रबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

Add
advertise
banner ad
advertise

अपराध महाशाखाका प्रमुख एसएसपी दीपकमा अनुसार उनी कुनै पनि सञ्चारमाध्यममा संलग्न नभएको र प्रेस पास पनि भएको पाइएको हो ।

बिहीबार मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई कुटपिट गर्ने र ढुंगा मुढा गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।