१३ वर्षीया बालिका बलात्कार गर्ने एक पुरुष पक्राउ

everest kitchen
फोटो फाइल

कैलाली । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्याल गाउँपालिका-६ सोल्टा बस्ने ४० वर्षीय मानवीर कामीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मानवीरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।