कोरोना प्रकोप : आज मलेसियामा २१ जना बिरामि निकाे, ६ जना नया बिरामी थपिए

everest kitchen
photo file

क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ३९१ जनामा संक्रमण पुष्टि भएको छ ।

Add
advertise
banner ad
advertise

त्यस्तै गएको २४ घण्टामा २१ जना डिस्चार्ज भएपछि ९ हजार ११३ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १५० मा सक्रिय संक्रमण रहेको छ ।