२९ बालबालिका, २७ आमा र २९ जेष्ठ नागरिकलाई सहयोगी नेपालको पोषणयुक्त खाद्यान्न

everest kitchen


काठमाडौं । प्रत्येक शनिवारको जस्तै यस शनिबार पनि
सहयोगी नेपाल नामक संस्थाले ललितपुरमा बालबालिका, जेष्ठ नागरिक र आमाहरुलाई पोषणयुक्त खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।

संस्थाले फाउन्डेसन डे फ्रान्स र माइआ फाउन्डेशनको सहयोगमा एक कार्यक्रमको आयोजना गर्दै ५ बर्ष भन्दा मुनिका बालबालिका र जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ परिक्षण तथा नि:शुल्क विभिन्न सामाग्री वितरण गर्दै आएको छ । सो अनुरुप आज शनिबार पनि २९ जना बालबालिका, २७जना आमा र २९ जना जेष्ठ नागरिकलाई  पोषण युक्त खानेकुरा वितरण गरिएको सहयोगी नेपालका अध्यक्ष इश्वरी ढकालले जानकारी दिए ।

Add
advertise
banner ad
advertise

हरेक हप्ता झैं यसपटक भने स्वास्थ्य परिक्षण भने गरिएको थिएन र सामाजिक दुरि कायम गरि सामाग्री वितरण गरिएको हो  ।

यस्तै, सहयोगी नेपालका कोषाध्यक्ष गोपाल प्रसाद ओझाका अनुसार बालबालिकालाई  कापी, कलम, खेलौना, पुस्तकहरू, सेरलेक्स, अण्डा, साबुन र १५ केजी चामल वितरण गरिएको थियो । त्यस्तै  जेष्ठ नागरिकहरुलाइ  हर्लेक्स, अण्डा, चामल, साबुन, ओखर र काजू  वितरण गरिएको थियो । केहि अति विपन्न बालबालिकालाई लत्ताकपडा समेत वितरण गरिएको थियो ।

संस्थाले साप्ताहिक रुपमा बालबालिका, आमा र जेष्ठ नागरिकलाई छुट्टाछुट्टै विशेषज्ञ डाक्टरहरुद्धारा स्वास्थ परिक्षण तथा महिना दिनसम्म पुग्ने स्वस्थ पोषणयुक्त खानेकुरा  वितरण गर्दै आएको छ ।

सहयोगी नेपाल