आफुलाई आयुर्वेदिक चिकित्सक बताउने लिम्बू नियन्त्रणमा

everest kitchen

काठमाडौँ । आफूलाई आयुर्वेदिक चिकित्सक भन्दै विभिन्न युट्युब च्यानलमा कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले सुवास सुब्बा लिम्बूलाई पक्रा उ गरेको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको मिर्गौलालगायतका अंग झिकिने गरेको भन्दै भ्रम फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिदै सुब्बाले कोरोना रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिमाथि गम्भीर आरोप लगाउँदै आएका थिए । साथै उनले केही युट्युबमा आफूले कोरोनाविरुद्धको खोप बनाएको दाबी गर्दै आएका थिए ।