नेपालमा गएको २४ घण्टामा ९ सय ७९ संक्रमित थपिए , ११ जनाको निधन

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमण ९ सय ७९ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप ९७९ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १६ हजार २५९ रहेको छ ।

यस्तै १ हजार ७३६ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ३० हजार ६७७ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ३०० जनाको कोरोना संक्रमितको कारण निधन भएको छ । त्यस्तै गएको २४ घण्टामा थप ११ जनाकाे मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।