यथार्थता : सुशीला शर्मा

everest kitchen
सुशीला शर्मा

लघुकथा : यथार्थता

सुशीला शर्मा

यात्राको तयारी गर्दै गर्दा १५ दिनको‌ लागि आवश्यक सामाग्री तयार भयो । चाहिने खर्चको जोहो पनि गरियो ।

केही खानेकुरा पनि लानुपर्छ कि भन्दा केटाकेटीले हाँस्दै भन्न थाले , “हजुरको जमाना होइन । आमा , यो त आजको सुविधा सम्पन्न युग हो । पैसा साथमा भएपछि खान मन लागेको कुरा त्यही पाइन्छ । ” मलाई पनि ठिकै हो जस्तो लाग्यो ।

यात्रा नौलो र रमाइलो हुने कुराले हामी सबैजना उत्साहित थियौँ , किनभने भर्खरै सञ्चालनमा आएको रेलमा अल नेपाल टुरको लागि सपरिवार जाँदै थियौं ।
समाचार सुन्नको लागि रेडियो खोलेँ । वाचक भन्दै थिए , “ पहाडी जिल्ला रुकुममा पहिरो गएको कारण बाटो अबरुद्ध भएकोले अस्पताल पुर्याउन नपाउँदै एक गर्भवतीको मृत्यु , सेवा सुचारु हुन कम्तिमा एक हप्ता लाग्ने!,