विवेकशीलको वामदेवलाई राष्ट्रियसभा मनोनयन नगर्न सरकारलाई आग्रह

everest kitchen
.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजान विवेकशील नेपाली दलले सरकारलाई आग्रह गरेको छ । विवेकशील नेपाली दलले साथै राष्ट्रियसभामा तीन सदस्य मनोनयन गर्ने संवैधानिक व्यवस्थाको मर्म र भावनाबारे विचार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई ध्यानाकर्षणसमेत गराएको छ ।

गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित गौतमलाई भदौ १८मा नेकपा सचिवालय बैठकले राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । सो सम्बन्धमा विवेकशील नेपाली दलले मंगलबार विज्ञप्ति जारी गर्दै चुनाव हारेका गौतमलाई सांसद बनाउने निर्णय गर्नु र स्वयं गौतमले मन्त्री बन्ने उद्देश्य रहेको बताउनुले कानुनी राज्यको खिल्ली उडाएको बताएको उल्लेख गरेको छ ।

बाग्मती प्रदेश सभा सदस्यसमेत रहका विवेकशील नेपाली दलका नेता रमेश पौडेललेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ” प्रत्येक्ष ‘प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्ति फेरि त्यही कार्यकालमा मन्त्री नियुक्त हुन नसक्ने संवैधानिक व्यवस्थालाई नकार्दै गौतम स्वयंले आफू मन्त्री बन्ने उद्देश्यका साथ राष्ट्रिय सभामा जान लागेको बताउनुलेकानुनी राज्यको खिल्ली उडाएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै राष्ट्रियसभामा गौतमको आवश्यकताबारे नेकपासँग जवाफ माग गर्दै विवेकशीलले भनेको छ, ‘अहिले राष्ट्रिय सभामा वामदेव गौतमको आवश्यकता किन परेको हो ? के कारणले त्यहाँ वामदेवको अभाव खड्कियो ? उनले दुई वर्ष कुरेर आउँदो निर्वाचनको प्रतीक्षा गर्न किन नसकेका ? नेपाली नागरिकहरूलाई यसको स्पष्ट जवाफ नेकपाको सचिवालयले दिनु जरुरी छ ।’

बामदेव गौतम यसअघि मन्त्री र उप–प्रधानमन्त्री बनिसकेको र उनको पटकपटक परिक्षा समेत भैसकेको भन्दै गौतमको नेतृत्वले देशलाई कस्तो सकारात्मक योगदान दियो ? भनेर विवेकशीलले प्रश्न समेत गरेको छ । चुनाव हारेर जनताबाट पराजीत व्यक्तिले अझै दुई बर्ष सम्म पर्खिन नसकेर संसद बन्न खोज्नु लज्जास्पद भएको उसले जिकिर गरेको छ ।

गौतम २०७४ सालको चुनावबाट बर्दिया क्षेत्र नम्बर १ मा तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमलाई हराउँदै नेपाली कांग्रेसका सञ्जयकुमार गौतम निर्वाचित भएका थिए । कांग्रेस उम्मेदवार सञ्जयकुमार गौतमले ४४,८३४ मत प्राप्त गरेका थिए भने वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमले ४४,०७६ मत पाएका थिए । सञ्जयकुमार गौतम र वामदेव गौतमबीच ७५८ को मतान्तर रहेको थियो ।