काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो

everest kitchen

 

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञालाई खुकुलो पारेर लागु गरिने भएको छ । काठमाडौं , भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले सरकारका गृहमन्त्रालयका अधिकारी संगको विशेष छलफल पछि जनजीवन सहज बनाउनकाे लागि निषेधाज्ञालाई थप खुकुलो पार्न लागिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको केहि सञ्चारमाध्यमलाई बताएका छन् । उनका अनुसार ‘अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ, र सचेत पनि रहेको भन्दै एकआपसमा कोरोना बाट बच्न सामाजिक दूरी कायम गर्ने, गराउने विषय सबैको दायित्व रहनेछ । यधपी ’कुनकुन क्षेत्र कसरी खुला गर्ने र क कसरी गर्ने भन्ने बारे तीनै जिल्ला अधिकारीबाट सुचना प्रकाशनको तयारी रहेको बताएको छ ।

गत चैत ११ देखि लागु गरिएको लकडाउन पश्चात् व्यवसायीको विरोध पछि केहि खुकुलो संगै लकडाउन पुर्ण रुपमा खुला गरिएको थियो । पछिल्लो समय काठमाडौ उपत्यका लगायत देशभर संक्रमितको सङ्ख्या बढेसंगै सरकारले सम्बन्धित जिल्ला प्रशासन कार्यालय प्रमुखलाई लकडाउन तथा निषेधाज्ञाको अधिकार दिएको थियो । सो अनुरुप काठमाडौं उपत्यका तीन जिल्लामा निषेधाज्ञा लागु गरिएको छ ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका आज सकिदै छ । निषेधाज्ञा सकिएपनि यसलाई थपेर केहि खुकुलो पारेर जनजीवन सहज बनाउन तीन जिल्लाका प्रशासन प्रमुखहरु जुटेका हुन । भोलि भदौ २५ गतेबाट सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् । सम्पूर्ण सवारी साधन तथा मानिसहरुले स्वास्थ्य प्रोटकलको मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने छ ।

त्यस्तै व्यवसायहरु खुला गरिने भएको छ । यधपी व्यवसाय सञ्चालकले स्वास्थ मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्नुपर्ने छ । साथै सार्वजनिक स्थानमा भेला हुन, सभा समाहारो , गोष्ठी तथा भिड जम्मा हुने कुनै पनि कार्य गर्न पाएन छैन ।