मन्त्रीपरिषदको बैठक स्थगित, आगामी बैठकले घिसिङको निरन्तरता हुने वा नहुने बारे निर्णय गर्ने

everest kitchen

काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बोलाइएको बैठक स्थगित गरिएको छ । बिहिवार बस्ने भनेको मन्त्री परिषद बैठकले सरकारको प्रवक्ता तोक्ने बताएको थियो । बैठक नबस्ने भएपछि आगामी शुक्रबार हुने बैठकले सरकारको प्रवक्ता बारे निर्णय गर्ने बताएको छ ।

अर्थमन्त्री, सुचना तथा सञ्चारमन्त्री समेत रहेका युवराज खतिवडा सरकारका प्रवक्ता रहेका थिए । खतिवडाको कार्यकाल सक्किसको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको हो । मन्त्रिपरिषद्को बैठक बिहीबार साँझ बोलाइएको थियो ।

बिहीबार साँझ मन्त्रीहरुलाई बैठकमा भनिएको थियो स्रोतले भन्यो । तर बिहान १० बजेतिर मन्त्रिपरिषद् बैठक स्थगित भएको जानकारी दिइएको थियो । प्रधानमन्त्रीको पार्टी कार्य व्यवस्ताले बैठक सरेको बताएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक शुक्रबार बस्दै छ । उक्त बैठकमा दुई अध्यक्षबीच नयाँ सिराबाट जाने सहमति हुने बताएको छ ।

आगामी मन्त्रिपरिषद्को बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बताइएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि ने मन्त्रिपरिषद्को बैठकमा छलफल गरेका थिए ।
मन्त्री पुनले हालका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिने कि अर्को व्यक्तिलाई ल्याउने भन्ने बारेमा छलफल गरेका थिए । मन्त्री पुनले सार्वजनिक रूपमा घिसिङलाई नै निरन्तरता दिइने भनिसकेका छन् ।

यधपी घिसिङलाई दुई वा चार वर्षका लागि निरन्तरता दिने भन्ने बारे भने यकिन भैसकेको छैन । मन्त्री पुन घिसिङको निरन्तरता बारे सकरात्मक रहेको स्रोतले जनाएको छ । घिसिङको निरन्तरताको लागि चौतर्फी दबाब बढेको छ । भने विशेष गरि सामाजिक सञ्जालमा प्राधिकरणमा पुनः निरन्तरता घिसिङलाई नै गर्नुपर्ने मागसहित प्रचार थालिएको छ ।