पाल्पामा सुतिरहेको अवस्थामा घर भत्किदा एक युवाको निधन

everest kitchen

पाल्पा । बगनासकाली गाउँपालिका-६ खानिगाउँ बस्ने कान्तिसरा कनौचाको २ तले कच्ची घर बुधबार राति अचानक भत्किँदा उनको छोरा २२ वर्षीय सुमन कनौचेको पुरिएर मृत्यु भएको छ ।

सुतिरहेको अवस्थामा घर भत्किँदा पुरिएका सुमनलाई अस्थाई प्रहरी पोष्ट भुषालडाँडाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि मिसन अस्पताल पाल्पातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । पहिलेदेखि चर्किएको घर अचानक भत्किएको बुझिएको छ । यस घटना सम्बन्धमा प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।

साथै कञ्चनपुरमा डुबेर बालिकाको निधन भएको छ ।
कञ्चनपुर । पुनर्वास नगरपालिका-५ सिम्रीस्थित दोधा नदीमा डुबेर सोही स्थान बस्ने शारदा प्रसाद चौधरीकी १३ वर्षीया छोरी सन्ध्या चौधरीको बुधबार मृत्यु भएको छ । नदीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको खुल्न आएको छ । यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।