तीन मुक्तक : बसन्ता गौतम

everest kitchen
बसन्ता गौतम

मुक्तक -१
हुन्न अर्थ महलको ~ ~शान्ति छाउँदैन भने,
मलमल शैया के गर्नु खै ~निंद आउँदैन भने,
पुर्णतामा खाली भइ~गुमाइ सारा खुसीहरु ,
त्याे सुख नि के सुख भाे सन्ताेष पाउँदैन भने ।

मुक्तक- २
झरनाका झङ्कार ती ~ संगीतकाे धुन जस्ताे,
छङछङ बग्ने खाेली पनि ~दाैंतरी नै हुन जस्ताे,
तिम्राे साथ जिन्दगीमा पाएदेखि लाग्न थाल्याे ,
तनमनकाे अँध्याराे नि ~पुर्णिमाकाे जुन जस्ताे ।

मुक्तक- ३
पारिजातका फूल सरी झरी जानु छैन मलाई,
सपना छन यसै छरी मरी जानु छैन मलाई ,
सकेसम्म घाेच थिच ~ लडाउनु छ लडाउ बरु ,
तिम्रो शरण परी अहः ~डरी जानु छैन मलाई ।

बसन्ता गौतम
भैरहवा ८ रुपन्देही