गायिका उर्मिला लाम्गादेको “लिन आउँछु भन्थ्यौ” गीतको भिडियो सार्वजनिक

everest kitchen

काठमाडौं । गायिका उर्मिला लाम्गादेको “लिन आउँछु भन्थ्यौ” बोलको गीतको भिडियो युट्युवमा सार्वजनिक भएको छ । गायिका उर्मिलाको आवाज रहेको उक्त गीतमा
शब्द दिग्गज धरौली रहेको छ भने र संगीत अर्जुन पोखरेलले दिएका छन्। बूढासुब्बा डिजिटल मार्फत बिहीबार उक्त गीत युट्युवमा सार्वजनिक गरिएको छ ।

नेपाली लोक आधुनिक शैलीको उक्त गीतमा अहिले कि चर्चित नायिका तथा मोडल पुजा शर्माले अभिनय गरेकी छिन् भने उनीसंगै राज कटुवालले प्रमुख भुमिकामन अभिनय गरेका छन् । गितको भिडियोलाई म्युजिक भिडियो जगतका हालका चर्चित नृत्य निर्देशक कविराज गहत राजले निर्देशन गरेका छन् । साथै अर्जुज जिसीले भिडियो सम्पादन गरेका छन् ।

विभिन्न गीतमा आवाज भरिसकेकी गायिका लाम्गादेले केही समय पहिले रुकुम चौरजहारी भएको घटनामा आधारित जातीय विभेद विरुद्धको चेतनामुलक गीत गाएकी थिइन् ।
लोक आधुनिक शैलीको गीतको शब्द र संगीत मन परेर आफुले गीत गाएको गायिका लाम्गादेले बताईन्। दर्शक-श्रोताले पनि मन पराउने यस गीतलाई मन पराउने उनको अपेक्षा रहेको छ।

बिहीबार युट्युवमा अपलोड भएको उक्त भिडियोलाई करिब घण्टामा १ लाख ६० हजारबढिले हेरि सकेका छन् भने करिब १४ हजारबढिले मन पराएको युट्युवमा दर्साएका छन् ।