घिसिङको कार्यकाल सकिदै, प्राधिकरणमा घिसिङलाई निरन्तरता दिन दबाब अभियान्

everest kitchen

विपेन उलङगे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका वर्तमान निर्देशक कुलमान घिसिङको कार्यकाल यहि भदौ २८ गते आइतबारबाट सकिदै छ । घिसिङको निरन्तरताको लागि देशबिदेशबाट दबाब अभियान चलिरहेको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न फेसबुक समुहहरु बनाएर तथा व्यक्तिगत रुपमा सरकासंग घिसिङको निरन्तरताको लागि माग गरेका छन् ।

विभिन्न सामाजिक सञ्जालहरुमा घिसिङलाई प्राधिकरणको निरन्तरता दिन माग गर्दै आएका छन् । सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरु देखि कलाकारसम्मले घिसिङको निरन्तरताको माग गरेका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरको सिफारिसमा घिसिङलाई चारवर्ष अघि नियुक्ति भएका थिए ।

घिसिङ नियुक्ति भएपछि १८ घण्टासम्म लोडसेडिङ हुने अवस्थालाई सुधार गरेर लोडसेडिङको अन्त गरेका थिए । पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्‍याउन जनस्तरबाट सरकारमाथि दबाव रहेको छ ।

बिहिवार बस्ने भनिएको मन्त्रीपरिषद बैठकबाट घिसिङलाई निरन्तरता दिने हल्ला भएपनि पार्टीको बैठकको कारण देखाउदै प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रीपरिषद बैठक राखेका छन् । यधपी घिसिङको कार्यकाल आइतबार नै सकिदै छ । त्यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि शुक्रबार (आज)सम्म कार्यकारी निर्देशक नियुक्तिको कुनै प्रक्रिया अघि बढाएको छैन ।

स्रोतका अनुसार आगामी मन्त्रिपरिषद्को बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बताइएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि ने मन्त्रिपरिषद्को बैठकमा छलफल गरेका थिए । मन्त्री पुनले हालका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिने कि अर्को व्यक्तिलाई ल्याउने भन्ने बारेमा छलफल गरेका थिए । मन्त्री पुनले घिसिङलाई नै निरन्तरता दिइने बारे सकरात्मक रहेको उनको सचिवालय स्रोतको दाबी छ ।

घिसिङ स्वयं कार्यकाल निरन्तरता बारे ईच्छुक रहेकाले सरकारले जनदबाब अनुसार घिसिङलाई निरन्तरता दिनुपर्ने छ । यधपी घिसिङलाई दोहोर्‍याउने बारे प्रधानमन्त्री अनईच्छुक रहेको स्रोतले बताएको छ । घिसिङलाई नदोहोर्‍याउने हो भने सहज विकल्पको रुपमा निमित्त कार्यकारी निर्देशक तोक्ने । त्यसका लागि प्राधिकरणमा वर्तमान उपकार्यकारी निर्देशकलाई जिम्मेवारी दिन सक्ने बिश्लेषकहरुले विश्लेषण गरेका छन् ।