आज मलेसियामा १ सय ८२ जना नयाँ बिरामि थपिए

everest kitchen
.

क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ सय ८२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । यो सङ्ख्या मलेसियामा पछिल्लोपटककै सबैभन्दा धेरै हो ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ८१० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा १४ जना डिस्चार्ज भएपछि ९ हजार १८१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल ५०१ मा सक्रिय संक्रमण रहेको छ । यो पछिल्लो बढदो सङ्ख्या हो।

यसअघि मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढ्न थालेको पछिल्लो तथ्यांकले देखाउने गरेको छ । हिजो मात्रै मलेसियामा ४५ जनामा संक्रमण पुष्टि भएको थियो भने निको हुनेको सङ्ख्या पनि न्युन रहेको थियो ।

संक्रिय संक्रमितको सङ्ख्या ५१ जना सम्म रहेकोमा पछिल्लो तथ्यांकअनुसार ५०१ जनामा संक्रमण सक्रिय रहेको छ । मलेसियामा पछिल्लोपटक साबाह र केडाह राज्यमा सबैभन्दा धेरै बिरामी फेला परेको बताएको छ । उक्त राज्यमा नेपाली श्रमिकहरु भने कम मात्रामा रहेका छन् ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ९ लाख १४ हजार ३०० रहेकाे छ भने संक्रमितको सङ्ख्या २ करोड ८३ लाख ५४ हजार ३५९ रहेकाे छ । २ करोड ३ लाख ५९ हजारबढीले स्वास्थ्य लाभ गरेको तथ्यांक रहेको छ ।