निधन हुने ३ सय २२ पुगे, गएको २४ घण्टामा थपिए १४ सय ५४ बिरामी

everest kitchen

काठमाडौं । नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४ सय ५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ४ सय ५४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । पछिल्लो केहि दिनयताको तथ्यांकअनुसार यो स्थिर सङ्ख्या हो ।

त्यस्तै नेपालमा हालसमम सक्रिय संक्रमितको सङ्ख्या १४ हजार ९ सय २५ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा होम आईसोलेसनमा बस्न सम्भब नभएका बिरामीहरु भने अस्पताल तथा सरकारले निर्माण गरेको आईसोलेसनमा उपचार गराई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै नेपालमा गएको २४ घण्टमा ९ सय ७२ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ३६ हजार ६ सय ७२ जना पुगेका छन । नेपालमा हालसम्मकाे तथ्यांकअनुसार पछिल्लो अवस्थामा संक्रमितको सङ्ख्या बढेपनि निको हुनेकाे दर पनि बढेको तथ्यांकले देखाउछ ।

नेपालमा हालसम्म ३ सय २२ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा ५ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो केही समय देखि नेपालमा संक्रमितको मृत्युदर उच्च रहेको तथ्यांकले देखाउने गरेको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ९ लाख १४ हजार ३०० रहेकाे छ भने संक्रमितको सङ्ख्या २ करोड ८३ लाख ५४ हजार ३५९ रहेकाे छ । २ करोड ३ लाख ५९ हजारबढीले स्वास्थ्य लाभ गरेको तथ्यांक रहेको छ ।

विश्वमा सबैभन्दा बढि प्रभावित संयुक्त राज्य अमेरिका रहेको छ भने दोस्रोमा कोरोना प्रकाेप प्रभावित ब्राजिल रहेको छ । तेस्रोमा भारत रहेको विश्व स्वास्थ संगठनको तथ्यांकले देखाउने गरेको छ । भाइरसको सुरुवाती चपेटा भोगेको चीन भने नियन्त्रण उन्मुख देखिएको तथ्यांकले देखाएको छ ।