नक्कली स्यानिटाइजर उत्पादन गरि बिक्रीवितरण गर्ने पाँच उद्योग कारबाहीमा

everest kitchen
.

काठमाडौं । मापदण्ड विपरीत नक्कली स्यानिटाइजर उत्पादन गरि बिक्री वितरण गर्ने पाँच उद्योगलाई अौषधि व्यवस्था विभागले कारबाही गरेको छ । कारबाही पर्नेहरूमा काठमाडौंका ४ र भक्तपुरको एक उद्योग रहेका छन् ।

ती उद्योगहरुले मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गरेपछि ती उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए ।

विभागका अनुसार कारबाही पर्नेमा र नक्कली स्यानिटाइजरहरु यस्ता छन् : हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ‘एड्भान्स ह्यान्ड स्यानिटाइजर’, रहेका छन् ।

त्यस्तै सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टको ‘सूर्यमुखी ह्यान्ड स्यानिटाइजर’ मा विषाक्त मिथानोल रहेको पाइएको हो । ती स्यानिटाइजरहरु प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचनासमेत जारी गरि आग्रह गरेको छ ।