क्लब छाड्ने प्रयासमा रहेका मेसी बार्सिलोनामा रहेरै खेल्ने

everest kitchen
.

ऐजेन्सी । लिओनल मेसीले क्लब छाड्ने असफल भएपछि पुनः क्लबमा फर्किएका छन् । मेसी पछिल्लोपटक बार्सिलोनाका लागि पहिलो खेल खेलेका छन् । ३३ वर्षीय मेसीले अगष्ट अन्तिममा क्लबलाई पत्र पठाउँदै क्लब छाड्न चाहेको बताएका थिए ।

मेसीले ला लिगाअघि प्रि-सिजनको मैत्रीपूर्ण खेलमा बार्साले जिम्न्यास्टिक दे तारागोनासँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले पनि खेलेका हुन् । करिब दश दिनपछिको अन्यौलताबाट मेसीले क्लबमै बस्ने निर्णय गरेका हुन् ।बार्सिलोनाले मेसी नै नयाँ सिजनका लागि कप्तान रहने पक्का गरिसकेको छ ।

शनिबारदेखि नै स्पेनमा ला लिगा सुरु हुँदा बार्सिलोनाले भने मैत्रीपूर्ण खेल खेलेको हो ।उक्त तेस्रो श्रेणीको जिम्नयास्टिक विरुद्धको खेल बार्सिलोनाले ३-१ ले जितेको छ । खेलमा बार्सिलोनाका महँगा खेलाडीहरु एन्टोनी ग्रीजमन, ओसमान डेम्बेले र फिलिप काउटिन्होले बार्सिलोनाका लागि गोल गरे ।

खेलका क्रममा मेसी लगायतका केही केहि खेलाडीलाई पहिलो हापपछि अन्य खेलाडीले रिप्यलेस गरेका थिए । मेसीले क्लब छाड्न चाहेपनि उनको आर्थिक भार तुरुन्तै उठाउन सक्ने अन्य क्लब तयार हुनुपर्थ्यो । तर हाललाई त्यस्तो नदेखिएपछि उनी क्लबमा रहेको बताएको छ ।