डाकमान विक बचाउ अभियान अन्तर्गत संकलित ४ लाखबढि रकम पीडितलाई हस्तान्तरण

everest kitchen

विपेन उलङगे

काठमाडौं । डाकमान विक बचाउ अभियान अन्तर्गत संकलित रकम उनको परिवारलाई हस्तान्तरण गरिएको छ । उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं.-४ बायुङ राई (भित्तेटोल) टोल निवासी डाकमान बि.क. को उपचारका लागि एक कार्यक्रमको आयोजना गरि संकलित ४ लाख ४८ हजार २ सय १४ रुपैयाँ रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।

स्थानीय युवा तथा समाजसेवी सन्तोष राईले संचालन गरेको डाकमान बचाउ अभियान अन्तर्गत देश तथा बिदेश बाट जम्मा भएको उक्त रकम शनिबार स्थानीय समाजसेवी, राजनीतिकर्मी, जनप्रतिनिधि, पत्रकार तथा बुद्धिजिवीहरुको उपस्थितिमा एक कार्यक्रमका बीच डाकमान तथा उनको परिवारलाई हस्तान्तरण गरिएको उक्त सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालक र राजु राईले जानकारी दिए ।

राईका अनुसार डाकमान बचाउ अभियान सामाजिक सञ्जालबाट सञ्चालन गरिएको थियो । सो अभियानलाई सघाउदै कोरिया, मकाउ, युके, हंकङ, मलेसिया, साउदी, कतार, दुबई, बहराइन, कुवेत लगायतका देश तथा नेपालबाट समेत गरि कुल ४ लाख ४८ हजार २ सय १४ रुपैयाँ संकलन गर्न सफल भएको बताएका छन।

विक रोजगारीको सिलसिलामा बिगत पाँच बर्ष पहिला भारत गएका थिए । त्यहाँ उनको सडक दुर्घटना हुदा रेलले किचेर गम्भीर घाइते भएका थिए । उक्त दुर्घटनामा एउटा हात पनि घुमाउन पुगे भने गम्भीर चोटका कारण हाल पुर्ण अपांग बनेका छन।

परिवारले उनको उपचारको लागि करिब २२ लाख बढि खर्च भएको बताएको छ । उक्त खर्च ऋण तथा सहयोगबाट गरिएको हो । विकको लामो उपचार पश्चात् हाल सामान्य हिड्न सक्ने भएपनि उनी बोल्न सक्दैनन् भने सास लिनलाई घाँटीमा प्वाल पारी पाइप राखिएको छ ।कहिलेकाही घाँटीमा राखिएको पाइप आफै पटक पटक बन्द हुने गर्दा समस्या आएको विकले बताए ।