क्रसर उद्योगको गल्ती बारे समाचार सम्प्रेषण गर्दा पत्रकारलाई धम्की

everest kitchen
.

सुरेन्द्र महतो

महोत्तरी । पत्रकार देशको चौथो अङ्ग मात्रै नभई समाजको ऐना पनि हो । जन्ताको हरेक परिस्थितिमा साथ दिने अनि आवाज बिहिन को आवाज बनेर सम्बन्धित निकाय समक्ष पुर्याउने ठोस माध्यम हो जस्ले गर्दा हाम्रो समाज भैरहेको गतिविधि लाई नियाल्ने काम गर्छ।

अर्को तिर महोत्तरीको बर्दिबास नगरपालिका ६ किसान नगरमा क्रसर माफियाले नदी उत्खनन गर्न तटबन्ध भत्काएको समाचार लेखेको भन्दै न्यूज २४ टेलिभिजनका टिभी जर्नलिष्ट ललन मण्डललाई स्थानीय जनप्रतिनिधिको सहयोगीहरु बास्तबिकता समाचार नै नबुझी हात र जिब्रो का,ट्ने धम्की दिएको कुरा बाहिरिएको छ ।

तीन दिन अगाडि पत्रकार ललन मण्डल र उनका सहयोगि साथी तथा स्थानीय पत्रकार सुरेन्द्र सिंहले क्रसर माफियाको बदमासीबारे न्यूज २४ टिभी र यस्को अनलाइन संस्करण र नेपालवाणी समाचार प्रशारण र प्रकाशन गरेको थिए । सोही विषयलाई लिएर अहिले सामाजिक सञ्चालमा हिंसालाई बढावा दिने खालको टिप्काटिप्पणी भइरहेको छ क्रसर माफियासँग जनप्रतिनिधिको र सरोकारवाला हरुको साँठगाठ भएको ले यहाँ यस्तो किसिमको समस्या उत्पन्न भएको र कसैले वा कुनै पत्रकारले यस्ता समस्या हरुको आवाज उठाउदा त्यसलाई दबाउन खोज्ने कार्य भैरहेको स्थानीय बताउछन् ।

सुमित बालुवा प्रशोधन उधोगले रातो नदीमा अवैध उत्खननका लागि बाटो बनाउन तटबन्ध भत्काएको समाचार बाहिर ल्याएपछि बर्दिबास नगरपालिका ७ का वडाध्यक्ष फाल्गुण सुसलिङ मगरले फेसबुकमा स्टाटस लेखे उक्त स्टाटसमा बाबु चौलागाईको नामको व्यक्तिले पत्रकारको ‘हात र जिब्रो काट्ने’ भन्दै कमेन्ट वस्कमा टिप्पणी गरेका छन् ।

चैलागाइले गरेको टिप्पणीमा वडा अध्यक्ष मगरले ‘हजुर, त्यसको लागि त तयार छु जुध्न’ भन्ने रिप्लाई गरेका छन् । वडाध्यक्ष मगरको भाषा आपत्ति जनक रहेको स्पष्ट लेखिन्छ । उनले पत्रकारलाई तानाशाही शैलीमा जे पनि गर्न सक्छन् भन्ने आसयको संकेत गरेको भन्दै पत्रकार महासंघले समेत असन्तुष्ट जनाएको छ ।

वडाध्यक्षले प्रयोग गरेको भाषाप्रति पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ, प्रेस सङ्गठन नेपाल, बर्दिबास नगर पत्रकार संजालले आपत्ति जनाएका छन् ।
महासंघका महोत्तरी अध्यक्ष कमलेश मण्डलले विज्ञप्ती जारी गरी भनेका छन्, ‘जनप्रतिनिधिले गरेको टिप्पणी हिंसालाई बढावा दिएको हाम्रो ठम्याई छ ।’

‘आफ्नो वडा नगरमा अवैध उत्खनन् गर्ने कार्य नरोक्ने, विकास संरचनाको संरक्षणतर्फ उदासिन देखिने तर यि विषय उठाउने पत्रकार विरुद्ध हात काट्ने र जिब्रो थुत्नेसम्मका टिप्पणीमा समर्थन जनाउने जनप्रतिनिधको काम धत लाग्दो नै छ’, विज्ञप्तीमा भनिएको छ, ‘यसरी प्रेस स्वतन्त्रताको धज्जी उडाउने र पेशामाथि नै प्रहार हुने गरी भएको घटना एकदम निन्दनीय छ।

महासंघले दोषीमाथि छानविन गरी सम्मान जनक र सुरक्षित रुपमा पत्रकारलाई काममा लाग्ने वातावरणको सृजना गर्न जनप्रतिनिधिहरु, सुरक्षा निकाय र सरोकारबाला सबैसँग अपिल गरेको छ । साथै घटनाको सत्यतथ्य बुझ्न ५ सदस्य छानविन समिति समेत महासंघले गठन गरेको छ ।

हेमकुमारी बराल ९सुनिता०को संयोजकत्वमा राजकरण महतो, विक्रम रौनियार, गोपाल बराल र अनिता खनाल सदस्य रहनेगरी छानविन समिति गठन गरिएको छ । समितिले ७ दिनभित्रै प्रतिवेदन पेश गरेपछि महासंघ महोत्तरीले थप निर्णय गर्ने जनाएको छ ।

यस्तै बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष विक्रम प्रसाद रौनियार र प्रेस संगठन नेपाल महोत्तरीका संयोजक राजकरण महतोले समेत संयुक्त रुपमा विज्ञप्ती जारी गरेर पत्रकारलाई जनप्रतिनिधिले प्रयोग गरेको धम्कीपूर्ण भाषाप्रति आपत्ति जनाएका छन् ।

त्यस्तै वडा अध्यक्ष मगरले आफ्नो कसर भएको तर गल्ती नगरेको बताउदै आफुले पत्रकार प्रति कुनै गलत कदम नठाउने र पत्रकार महासंघले गर्ने छानवीनमा सहयोग गर्ने आसयका स्टाटस पनि लेखेका छन् भने कतिपय स्टाटसमा भने आफुलाई वडा हो भनेर विर्सिन बाध्य नपार्न चेतावनी पनि दिएका छन् ।

यस्तै पत्रकारको जिब्रो काट्ने कमेन्ट गर्ने बाबु चौलागाईंले आफुले त्यस्तो आसय कमेन्ट नगरेको तर दोषीले सजाय पाउनुपर्छ भन्ने हेतुले लेखेको फेसबुकमा स्टाटस लेख्दै दावी गरेका छन् ।