सडक दुर्घटनामा परी घाइते भण्डारीको उपचारमा सहयोग गर्न सिप्यानको अनुरोध

everest kitchen

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी ललित भण्डारी सडक दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । उनको उपचार सहयोगको लागि “क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आर्थिक सहयोगको अपिल गरेको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै घाईते भण्डारीको उपचारको लागि संघले पहल लिएको र यसमा सघाउन सहयोगी दाताहरुलाई अनुरोध गरेको हो ।

शुक्लाफाटा नगरपालिका वडा नम्बर– १० स्थायी घर भएका राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी वर्ष २८ का ललित भण्डारी र उनका भाइ नाता पर्ने वर्ष २४ का करन ठगुन्ना कञ्चनपुरमा सडक दुर्घटनामा परि गम्भीर घाइते भएका थिए ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको झलारी बजारमा ट्रक र उनी सवार मोटरसाइकल एकआपसमा जुद्धा मोटरसाइकलमा सवार ललित घाइते भएका थिए । धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको एकआपसमा जुद्धा मोटर साइकलमा सवार उनीहरू घाइते भएका हुन ।

घाइते भण्डारीको झलारी स्थित शुक्लाफाटा किलिकमा प्राथमिक उपचार पछी थप उपचारका लागि धनगढी रिफर गरिएको थियो । त्यहाँ केहि उपचार पश्चात् थप उपचारको लागि काठमाडौ स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भैरहेको छ । भण्डारीलाई काठमाडौं ल्याउने, उपचारमा सहयोग गर्ने सम्पुर्णमा संघले धन्यवाद दिएको छ ।

साथै संघले उनको उपचारमा सहयोग गर्न चाहाने सहयोगी दाताहरुलाइ सहयोग गर्न अनुरोध गरेको छ । सहयोग गर्नको लागि संघको सेन्च्युरि बैंकमा रहेको आधिकारिक खाता (cricket player association nepal को खाता नम्बर ०० १००० २५२९ CA)मा रकम जम्मा गरि सहयोग गर्न सकिने बताएको छ ।