सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवालीलाई जिम्मेवारी

everest kitchen
फोटो फाइल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिएका छन् । सुचना तथा सञ्चार मन्त्रालय समेत सम्हालेका निवर्तमान अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिएसंगै सरकारको प्रवक्ता खालि रहेको अवस्था ज्ञवालीलाई तोकिएको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सूचना तथा सञ्चार प्रविधिमन्त्री नियुक्त नभएसम्मका लागि मन्त्री ज्ञवालीलाई मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने जिम्मेवारी तोकिएको हो । यसअघि खतिवडाले सम्हाल्दै आएका दुई  मन्त्रालयहरु प्रधानमन्त्री ओली आफैंले सम्हालिरहेका छन् ।

हिजो र हिजोभन्दा अघिका मन्त्रिपरिषद् बैठकले गरेका निर्णय पनि सार्वजनिक नभएको अवस्थामा प्रधानमन्त्रीले ती निर्णय सार्वजनिक गर्ने गरि जिम्मेवारी दिनुभएको हो प्रधानमन्त्री कार्यालय स्रोतले,’ भन्यो । यसअघि नै मन्त्री ज्ञवालीलाई प्रवक्ता तोक्ने बारे सोचि सकिएको थियो  ।

तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि उक्त मन्त्रालय र प्रवक्ताको जिम्मेवारी खतिवडालाई दिइएको थियो ।