भुकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको राम्चे

everest kitchen

काठमाडौं । बुधबार बिहानै काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झड्का महशुस गरिएको छ। बिहान ५ बजेर १९ मिनेटतिर भूकम्पको धक्का महशुस गरिएको हो। केहीबेरसम्म करिब ५-१० सेकेन्डसम्म भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए।

भूकम्पको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । करिब ६ रेक्टर स्केलको आसपास भुकम्प गएको केन्द्रले जनाएको हो ।

यधपी युरोपियन मेडिटेरियन सिस्मोलोजिकल सेन्टरले भने नेपाल र चीनको सीमाना नजिकै ४.९ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ । काठमाडौंबाट करिब ६३ किलोमिटरको दुरिमा भुकम्पको केन्द्रबिन्दु रहेको उसले आफ्नो ट्विटरमा उल्लेख गरेको हो ।

त्यस्तै “युनाइटेड स्टेट जियोलोजिकल सर्भे वईभसाईटले भने नेपाल -चीन सिमा नजिकै सिन्धुपाल्चोकको कोदारी गाउँ नजिकैमा ५ बजेर १९ मिनेटमा ५.३ मिनेटमा भुकम्प गएको उल्लेख गरेको छ।