स्थानीय खेलाडीहरुलाई खेलकुद सामाग्री तथा खेलमैदान उपलब्ध

everest kitchen

बलराम देवकोटा । रुकुम पश्चिमको बाफिकोट गाउपालिका- ९ मा खेलाडीहरुलाई खेलकुद सामाग्री तथा फिल्ड हस्तान्तरण गरिएको छ । एक कार्यक्रम को आयोजना गरि खेलाडिहरुलाई उक्त फिल्ड तथा खेल सामाग्री हस्तान्तरण गरिएको हो ।

बिगतमा गाउको बिचमा रहेको “बालसेवा आधारभुत बिधालय”को प्राङ्गणमा गाउका युवाहरु खेल्ने गरेकामा पछिल्ला दिनहरुमा बिधालयले उक्त खेल मैदान दिन नमाने पछि युवाहरु बिधालय प्रती आक्रोशित भएका थिए । बिद्यालयले भने युवाहरू जम्मा भएर केही युवा हरुले अराजक गतिविधि गर्ने र बिधालयको भौतिक संरचना भत्किने र बिग्रिने भएकाले नदिएको बताएको छ ।

युवाहरुको मागलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) क्षेत्रीय कमिटी सदस्य तथा बाफिकोट गाउपालिका- ९ नम्बर वर्डा ईन्चार्ज प्रेम देबकोटा सक्रियतामा गाउको छेउमै रहेको सार्बजनिक र प्रयोगबिहिन जमिन लाई युवाहरुको सम्लग्नतामा समतल बनाएर खेलतयार भएपछि युवाहरुले आफ्नो माग सम्बोधन भएको जनाएका छन ।

माग सम्बोधन भएपछि युवाहरु खुसी रहेको र उक्त मैदान लाई बिस्तारै स्तरबृद्दि गर्दै लैजाने र महिला पुरुष का लागि छुट्टाछुट्टै खेल मैदान निर्मान गरिने युवा नेता देबकोटाले बताए । स्वास्थ, तन्दुरुस्ती र मनोरञ्जनका लागि खेलकुद आवश्यक रहेको र युवाहरूको माग पनि जायज भएकोले सहयोग गरेको देवकोटाले बताए ।

त्यस्तै स्थानीय खेलाडी टेकराज विकका अनुसार भलिबल खेल आवश्यक सामाग्रीहरु नेट ,बल पम्प हाललाई उपलब्ध भएको छ । उक्त खेलमैदान निर्मान गर्न गत बर्ष वडाले ५५ हजार बजेट छुट्याइए पनि उक्त रकम अपुग रहेको थियो । स्थानीय युवा नेता देवकोटाको सहयोगले हाललाई केहि राहत भएको विकले बताए ।