बिरगंज फुड बैंकको राहत आज नवौं दिनसम्म पनि जारी

everest kitchen

पर्सा । वीरगन्ज महानगरपालिका वडा नं १३ नयाँटोलका अतिविपन्न परीवारलाई आज अखिल नेपाल पिछडावर्ग महासंघ (ओबीसी) पर्साद्वारा राहत वितरण भएको छ । अखिल नेपाल पिछाडावर्ग महासंघ पर्सा र १३ नम्बर वडाको सहकार्यमा खाद्यान्न आज वितरण गरिएको हो ।

महासंघले स्थानीय निकाय, प्रशासन लगायतको सहकार्यमा आज नवौं दिनसम्म पनि राहत वितरण जारी राखेको हो । ओबीसीले कोरोना प्रकोप सुरु भएसंगै विभिन्न चरणमा राहत वितरण लगायतका समाजिक कार्य गर्दै आएको छ । यसपटक पनि विभिन्न निकाय र प्रहरी कार्यालय श्रीपुरको सहकार्यमा वडा नं १३ नयाँ टोलका २० घर अतिविपन्न परीवारलाई प्रतिव्यति १० केजी चामल र १ केजी दाल राहत वितरण गरेको महासंघले जानकारी दिएको छ ।

राहत वितरण कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साह , ओबीसी पर्साका अध्यक्ष अकलेश साह, सहसचिव राजन साह , सदस्यहरु संदिप महतो , आकाश गुप्ता, नेकपा नेता कमरुल अन्सारी, कलिम अन्सारी लगायतको सहभागीता रहेको थियो ।