मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

everest kitchen
सांकेतिक फाइल फोटो

काठमाडौं । पहिरोको कारण नारायणगढ- मुग्लिन सडकखण्ड पुनः अबरुद्ध भएको छ । बिहिवार बिहान करिब ४:३० तिर चितवनको इच्छाकामना गाउँपालिका ६ स्थिति चारकिलो भन्ने स्थानमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सूर्य थापाले जानकारी दिए । सो स्थानमा दिनहुँजसो पहिरो खसेर घण्टौं सडक अवरुद्ध हुँदै आएको छ । यसअघि बुधवार पनि चारकिलो र पाँचकिलोमा पहिरो खसेर सडक अबरुद्ध भएको थियो ।

तीन दिनको अवधिमा नारायणगढ–मुग्लिन सडकखण्डमा दर्जनौं पहिरो खसेको छ । लामो तथा मध्यम दुरीका सार्वजनिक यातायात खुलेकै दिन सडक अवरुद्ध भएकाले सवारीसाधनहरु र तिनमा सवार यात्रुहरु बीचबाटोमै रोकिएका छन् ।